नियम
ईजाजतपत्र लिनु पर्ने

 

(१) मदिराको उत्पादन, बिक्री वितरण वा निकासी पैठारी गर्न चाहने व्यक्तिले अनुसूची १ बमोजिमको ढाँचामा अन्त:शुल्क अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तमा अन्त:शुल्क अधिकृतले आवश्यक जाँचबुझ गरी मनासिव देखेमा अनुसूची २ बमोजिमको ईजाजतपत्र दिन सक्नेछ ।